प्रकाशमान सिंहकाे सम्पर्क कार्यालय उदघाटन

प्रकाशमान सिंहकाे सम्पर्क कार्यालय उदघाटन


  • 6.0K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    प्रकाशमान सिंहकाे सम्पर्क कार्यालय उदघाटन

    काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् ।

    images

    कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।

    उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ नेता सिंहको दायाँ-बायाँ राखेर थिए । साथमा कांग्रेस केन्द्रीय सदस्य राजन केसी र काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो ।

    ललितपुर कांग्रेसका सभापति केही दिन अघि मात्र संस्थापन पक्षको सहयोगमा विजयी भएका थिए । 

    नेता सिंहले अब कार्यालयमा नेता तथा कार्यकर्तालाई भेटघाट गर्नेछन् ।

    कांग्रेसको संस्थापन इतरमा साझा सभापतिको घोषणा गर्ने तयारी भइरहेका बेला सिंहले सम्पर्क कार्यालय खोल्नुलाई अर्थपूर्ण मानिएको छ ।

    सभापतिका लागि कति तयारी गरेको भन्ने यहीँबाट बुझ्नुपर्ने नेता सिंहले बताए । सहमतिबाट उम्मेदवार तय गर्न आज इतर समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको पनि उनले जानकारी दिए । न्युज कारखाना, तस्बिर : यूपी लामिछाने


    तेस्रो आँखा