विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत


  • 5.7K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

    काठमाडौं, २३ असार । राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

    images

    प्रतिनिधि सभाबाट पारित गरिएको उक्त विधेयक आज राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेकोमा सर्वसम्मतिले स्वीकृत गरिएको हो ।  

    छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले मदन भण्डारी विश्वविद्यालयलाई परम्परागत शिक्षाभन्दा फरक शैलीमा खोल्न थालेको बताए । उनले दक्ष जनशक्ति र वैज्ञानिक युवालाई अनुसन्धानसँग जोडेर प्रमाणपत्र मात्र नभइ अनुसन्धान गर्ने खालका रुपमा विश्वविद्यालय हुने जानकारी गराए।

    “मदन भण्डारी विश्वविद्यालय परम्परालाई शिक्षालाई बदल्नका लागि खोल्न थालेका हौँ”, उनले भने, “विज्ञान र प्रविधि क्षेत्रका विद्यार्थीलाई विश्वविद्यालयले आकर्षण गराउने छ ।” उनले सरकारले विषयअनुसार विश्वविद्यालय खोल्ने तयारीसमेत गरिएको जानकारी गराए ।

    मन्त्री पौडेलले प्रत्येक प्रदेशमा विश्वविद्यालय खोल्ने अधिकार दिएको भन्दै यस सम्बन्धमा प्रदेश सरकारसँग पनि छलफल भइरहेको बताए । उनले विश्वविद्यालय र शिक्षा प्रणालीको सुधारका निम्ति सबैको पहल आवश्यक रहेको बताए ।

     


    तेस्रो आँखा
    लेखकबाट थप