• ट्रेण्डिङ्ग :
सुपारी तस्करीको कमिशन नमिल्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद  

सुपारी तस्करीको कमिशन नमिल्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद  


  • 8.1K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    सुपारी तस्करीको कमिशन नमिल्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद  

    काठमाडाैं,२४ असार ।  सुपारी तस्करीको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद भएको छ। विवादका कारण बुधबार राति काँकडभिट्टा भन्सार कार्यालयमा दुबै फौजबीच झडपसमेत भएको थियो।

    images

    सुरुमा नेपाल प्रहरीले सुपारी तस्करी गर्न सेटिङ मिलाएको थियो। प्रहरीसँगको सेटिङमा करिब १५० जनाले बोरामा सुपारी बोकेर भारततर्फ कुद्न थालेका थिए। सुपारी बोकेर भारततर्फ कुद्न थालेको समूहलाई सशस्त्र प्रहरीले रोक्ने क्रममा ड्युटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच भनाभन हुँदा झडप भएको हो।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी एकआपसमा झडप गर्न थालेपछि बोरामा सुपारी बोकेका धेरैजसो तस्करहरु भारततर्फ प्रवेश गरेको र केहीको सुपारी प्रहरीले बरामद गरेको स्थानीय  प्रत्यक्षदर्शीहरूले बताए।

    काँकडभिट्टामा रातिको समयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीहरुको मिलेमतोमा सुपारीलगायतका सामान तस्करी हुने गरेको छ। स्रोतकाअनुसार सुपारी तस्करी गराइदिए वापतको रकमको भागभण्डा नमिलेका कारण दुबैतर्फ विवाद भएको हो।

    प्रहरीतर्फ यस्तो विवाद हुँदासमेत भन्सारमा पुर्‍याएको सुपारी भने बरामद गरिएको छैन। सुपारी तस्करीको विषय बाहिर आएपश्चात नेपाल प्रहरी र सशस्त्र प्रहरीले यसको ढाकछोप गर्ने प्रयास गरेका छन्। दुबै प्रहरीले सुपारी तस्करीका विषयमा भएको विवादमा कुनै सत्यता नभएको भन्दै विज्ञप्ति निकालेर चाेखिने उपाए खाेज्न थालेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप