काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका नेता जीवन परियारले नेपाली कांग्रेको १४औँ महाअधिवेशनमा पार्टीको सह-महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरी नेता परियारले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
संविधानसभा सदस्यसमेत रहेका नेता परियार २०६७ सालदेखि पार्टीको केन्द्रीय सदस्य पदमा छन् ।
हाल पार्टी राजनीतिमा सक्रिय नेता परियारले नेपाली कांग्रेसलाई अझै जनप्रिय र सशक्त बनाउन आफूले सह-महामन्त्री पदका लागि उम्मेदवारी दिने बताए ।
