पोखरेमा शहीद क्या.यज्ञबहादुर थापाको  शालिक निर्माण

पोखरेमा शहीद क्या.यज्ञबहादुर थापाको  शालिक निर्माण


  • 7.9K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    पोखरेमा शहीद क्या.यज्ञबहादुर थापाको  शालिक निर्माण

    ओखलढुंगा,२४ असार।  ओखलढुंगाको चिशंखुगढी गाउँपालिका २ पोखरेमा शहीद क्या यज्ञबहादुर थापाको  शालिक निर्माण गरिएको छ ।  चिशंखुगढी गाउपालिका २ स्थित तीनधारेमा उक्त शालिक निर्माण गरिएको हो ।  

    images

    पंचायत विरुद्धको आन्दोलनका अगुवा कमाण्डर लोकतन्त्रवादी नेता शहीद क्या यज्ञ बहादुर थापाको इतिहास ज्युदो राख्न गाउँपालिकाले शालिक निर्माण गरेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । उनले सामाजिक सञ्चाल मार्फत शालिक निर्माणाकाे तस्वीर आजै सार्वजनीक गरेका छन् ।

    थापा  २०३१ सालको ओखलढुङगा कब्जा गर्ने टोलीको कमाण्डर थिए । उनलाई पंचायत सरकारले सर्वोच् अदालतबाट मृत्युदण्डको फैसला गराएर २०३५ माघ २७ गते हत्या गरेको थियो ।

    थापाको  सम्मानमा चिशंखुगढ़ी गाउपालिकाले शालिक निर्माणमा सहयोग गरेको क्या यज्ञबहादुर थापा स्मृति प्रतिष्ठानका अध्य तथा गाउपालिका उपाध्यक्ष सन्तोषबाबु थापाले बताए । प्रतिष्ठानका नाममा रहेको जग्गामा शालिक तथा भवन निर्माणको काम भैरहेको बताइएको छ ।  


    तेस्रो आँखा
    लेखकबाट थप