काठमाडाैं,२४ असार । आज विहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा भाषण गरिरहेका बेलामा जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेमाथी गोली प्रहार भएको थियो। उनलाई तत्काल अस्पताल लगिए पनि छातिमा गम्भीर चोट परेका कारण उनको निधन भएको छ । उनि जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका थिए भने प्रधानमन्त्री पद छोडे पछि पनि उनको जापानको राजनितिमा बलियो प्रभाव थियो ।
उनको निधन बारे खासै जानकारी नआए पनि गोली हानिएको समयलाई राम्रोसँग अध्ययन गर्ने हो भने यो घटनालाई कसैले पनि सामन्य मृत्यु भन्न सक्दैन । त्यसकारण, मैले माथि हत्या (मृत्यु) यो तरिकाले शिर्षक दिएको छु । यो सुनियोजित ढङ्गले घटाइएको घटना थियो किनकि कुनै सामान्य व्यक्तिलाई सिन्जो आबे मन नपरेकै कारण उसले गोली प्रहार गर्यो भन्ने म मान्दिनँ । सामान्य व्यक्तिले यो तहसम्मको कदम चाल्न सक्दैन ।
गोली प्रहार भएको समयलाई अध्ययन गर्दा मैले के पाए भने आबेलाई दुइपटक गोली प्रहार भएको छ। गोली प्रहार गर्ने पुरुष निकै नजिक थियो। पहिलो पटकमा आबेको एकदमै नजिकबाट गोली लागेर गोली अर्को दिशा तर्फ गएको थियो भने दोस्रो पटक गोली उनको छातीमा लागेको थियो। यहाँ एउटा अचम्मको दृश्य देख्न सकिन्छ। पहिलो गोली लागेपछि आबेले पछि फर्केका छन् अनि त्यसपछि उनको छातीमा गोली प्रहार भएको छ। यहाँ नै छ ठूलो शङ्का गर्ने ठाउँ। पहिलो गोली प्रहार पछि दोस्रो गोली प्रहार हुँदा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले किन अत्तोपत्तो पाएनन्रु फेरि गोली प्रहार गर्ने व्यक्ति जसलाई प्रहरीले पक्रेको छ ऊ सुरक्षाकर्मीको अतिनै नजिक रहेको देखिन्छ।
जापान सुरक्षाको दृष्टिकोणले विश्वकै सुरक्षित देश मानिन्छ जहाँ सर्वसाधारण जनतालाई बन्दुक बोक्न र किन्न निकै गाह्रो छ। अमेरिका जस्तो सजिलैसँग जापानमा खुलमखुल्ला बन्दुक बोक्न र किन्न पाइन्न। अर्को चाखलाग्दो कुरा चाहिँ उच्चपदस्थ व्यक्तिहरुका लागि सुरक्षा निकै कडा हुन्छ जहाँ हरेक परिस्थितिलाई सामना गर्न सक्ने अति तालिम प्राप्त सुरक्षाकर्मीहरुले सुरक्षा दिन्छन्। झन जापान जस्तो विकसित देशमा सुरक्षा व्यवस्था कडा हुन्न भन्नै मिल्दैन, त्यो पनि पुर्व प्रधानमन्त्री जस्तो व्यक्तिको जो जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बने ।
मेरो व्यक्तिगत बुझाई हो। म यत्ति भन्न सक्छु कि कुनै एक सामान्य सर्वसाधारण जनतालाई सिन्जो आबे कुनै न कुनै कारणले मन नपरेकै कारण गोली प्रहार गर्न सक्छ भन्ने म ठान्दिनँ। यो कुनै सामान्य सर्वसाधारण व्यक्तिको कल्पनाभन्दा बाहिरको कुरा हो। त्यसकारण, यो घटना ठुलै तयारीका साथ घटाइएको थियो भन्ने मेरो धारणा हो । सायद आगामी दिनहरुमा सत्यतथ्य सार्वजनिक होला । म गलत साबित हुन पनि सक्छु त्यसमा मलाई केही छैन ।
नाेट : यी विचार लेखकलाई लागेका नितान्त व्यक्तिगत विचार हुन् ।
