बलात्कार आरोपमा नेकपा (एस) सम्बद्ध युवा संघका नेता पक्राउ

बलात्कार आरोपमा नेकपा (एस) सम्बद्ध युवा संघका नेता पक्राउ


  • 5.9K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    बलात्कार आरोपमा नेकपा (एस) सम्बद्ध युवा संघका नेता पक्राउ

    काठमाडौं, २४ असार। नेकपा (एस) सम्बद्ध युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् ।

    images

    प्रेमिकासँग कैयन रात बिताएर विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि शुक्रबार उनलाई प्रहरीले ठमेलको होटल एक्सेसबाट पक्राउ गरेको हो । विहीबार राति उनी प्रेमिकासहित उक्त होटलमा पुगेका थिए । युवतीले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि नेपाली पक्राउ परेका हुन् ।

    उनीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरी बृत्त, सोह्रखुट्टेका इन्स्पेक्टर अमृत बस्नेतले बताए । जाहेरवाली युवती २० वर्षभन्दा माथिकी हुन् । पक्राउ परेका नेपाली एकीकृत समाजवादीको धादिङ जिल्ला कमिटीका सदस्य पनि हुन् ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप