• ट्रेण्डिङ्ग :
चाडपर्वहरूले वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउछ - राष्ट्रपति

चाडपर्वहरूले वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउछ - राष्ट्रपति


  • 4.4K
    SHARES
    • आषाढ २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    चाडपर्वहरूले  वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउछ - राष्ट्रपति

    काठमाडाैं,२६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि  शुभकामना व्यक्त गरेकी छिन् ।

    images

    राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरिन्  ।

    नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामथ्र्य हो, राष्ट्रपतिको सन्देशमा भनिएको छ  । अगाडि भनिएको छ, यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोलः संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।


    तेस्रो आँखा
    लेखकबाट थप