मेरो उम्मेदवारी पार्टीभित्रको गुट अन्त्य र भातृ संस्थाको चलायमानकालागिः नेता परियार  

मेरो उम्मेदवारी पार्टीभित्रको गुट अन्त्य र भातृ संस्थाको चलायमानकालागिः नेता परियार  


  • 8.7K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    मेरो उम्मेदवारी पार्टीभित्रको गुट अन्त्य र भातृ संस्थाको चलायमानकालागिः नेता परियार  

    काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस युवा नेता परियारले आसन्न १४ औं महाधिवेशनमा समावेशी (दलित) कोटाबाट आफ्नो उम्मेदवारी रहने घोषणा गरे । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्य परियारले आफ्नो उम्मेदवारी सम्पुर्ण दलित समुदायको प्रतिनिधित्व हुने बताए ।

    images

    कांग्रेस संस्थापनइतर पक्ष मानिने नेता परियारले पार्टीलाई एकढिक्का बनाउन युवा नेतृत्व आवश्यक रहेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो उम्मेदवारीमा सहयोग गर्ने आशा व्यक्त गरे । उनले पार्टीमा बढ्दो गुटगत राजनीतिको अत्यकालागि पनि युवाहरुको उम्मेदवारी आउनु सकारात्मक विषय भएको बताए । 

    उम्मेदवारी घोषणा गर्दै नेता परियारले सहमहान्त्रीमा निर्वाचित भए बर्षाै वर्ष पार्टीभित्रका भातृ संस्था र शुभेच्छुक संस्थालाई चलाएमान बनाउने प्रतिवद्धता व्यक्त गरे । प्रजातान्त्रिक समाजवादलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न, सामाजिक रूपान्तरण र न्यायको सुनिश्चितता गर्न, पार्टीको विधान अनुरुप आफ्नो उम्मेदवारी रहने उनको दावी छ । 

    कास्कीको पोखरास्थीत पृथ्वीनारायण क्याम्पसदेखि नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति सुरु गरेका परियारले दलित आन्दोलनका अगुवाहरुका रुपमा काम गरेका छन् । 

    परियार राष्ट्रिय दलित आयोगको सदस्य सचिव हुदै २०७० सालमा संविधानसभा सदस्य बनेका थिए । दुई पटक केन्द्रीय सदस्य रहेका परियार पार्टीमा प्रभावकारी नेता मानिन्छन् ।   कांग्रेसले आसन्न १४ औं महाधिवेशनबाट ८ सहमहामन्त्री निर्वाचित गर्दा क्लस्टर पनि समावेश गर्ने विधानमा उल्लेख गरेको छ । 


    तेस्रो आँखा