• ट्रेण्डिङ्ग :
जनता समाजवादी पार्टी फुटउन्मुख

जनता समाजवादी पार्टी फुटउन्मुख


  • 5.9K
    SHARES
    • आषाढ २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    जनता समाजवादी पार्टी फुटउन्मुख

    काठमाडाैं,२६ असार । सत्ता सहयात्री जनता समाजवादी पार्टीको विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजनको नजिक पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

    images

    उपेन्द्र यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका थिए । त्यसपछि संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले भने काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

    काठमाडौंमा बस्ने बैठकमा भट्टराईले समसायमिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ । जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठन निर्माण, आगामी कार्ययोजना लगायतका विषयमा छलफल हुने भट्टराई  निकटका नेताहलरूले जनाएका छन् । 

    भट्टराई पक्षले बैठक बोलाउने तयारी गरेपछि यादव पक्षमा रहेका केन्द्रीय नेताहरूले  कार्यालय प्रमुख प्रकाश अधिकारीले गैरजिम्मेवार व्यक्तिको विधान विपरीत निर्णय भनेर आपत्ति जनाएका थिए । उनले विज्ञप्तिमा लेखेका थिए, ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको, तर त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ ।’

    अध्यक्ष यादवले भने वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका छन् । त्यसपहिले नै दुवैबीच एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग अलग बाटो लाग्ने भन्ने तय भएको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप