अर्घाखाँची, २१ मंसिर । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता डा। मुक्ति श्रेष्ठले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. श्रेष्ठले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।
श्रेष्ठले कोभिड तथा अन्य समयमा अर्घाखाँचीका विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन् । श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा अर्घाखाँचीबाट ९जनजाति तर्फबाट० सर्वाधिक मत प्राप्त गरि विजयी भएका थिए ।
