सरकारका कामकाे केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्ने शेखर कोइराला पक्षकाे निष्कर्ष

सरकारका कामकाे केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्ने शेखर कोइराला पक्षकाे निष्कर्ष


  • 7.8K
    SHARES
    • आषाढ २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    सरकारका कामकाे केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्ने शेखर कोइराला पक्षकाे निष्कर्ष

    काठमाडौं, २६ असार। नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सरकारका कामकारबाहीबारे पार्टी केन्द्रीय समिति बैठकमा गम्भीर ढंगले समीक्षा गरिनुपर्ने निष्कर्ष निकालेको छ। 

    images

    आइतबार विशालनगरमा बसेको कोइराला पक्षको पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेलाले सरकारका कामकारबाहीबारे केन्द्रीय समितिले समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो। कांग्रेस केन्द्रीय समिति बैठक सोमबारदेखि सुरू हुँदैछ। अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार छ। यो सरकारमाथि भ्रष्टाचारजस्ता विभिन्न आरोप लागेकोले त्यसबारे गम्भीर ढंगले छलफल गरिनुपर्नेमा कोइराला पक्ष छ।

    पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले त्यसबारे केन्द्रीय समितिमा छलफल हुनुपर्ने नेता चन्द्र भण्डारीले बताए। कोइराला पक्षले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि जनाउँदै आएको छ। सभापति देउवाले विधानअनुसार पार्टी सञ्चालन गर्न नसकेको पनि कोइराला पक्षको भनाइ छ। देउवाले छ महिनाभित्र गर्नुपर्ने काम गर्न सकेका छैनन्।

    संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई वृहत्त  बनाउने विषयमा पनि छलफल गरिनुपर्ने उनले बताए। पार्टीको भ्रातृ संस्थादेखि विभागसम्मको गठनका कामलाई अगाडि बढाउन पनि कोइराला पक्षले माग गरेको छ। पार्टीको भ्रातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय भएको छ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप