• ट्रेण्डिङ्ग :
ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु


  • 6.7K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    ट्रकको ठक्करबाट एकको मृत्यु

    चितवन, २७ असार। भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । 

    images

    घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

    ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप