सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्छ: माधव नेपाल

सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्छ: माधव नेपाल


  • 8.2K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्छ: माधव नेपाल

    काठमाडौं, २७ असार। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने बताएका छन् । 

    images

    धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले प्रदेश सभामा एकीकृत समाजवादी ठूलो दल रहेकोले सरकार बन्नु स्वभाविक हुने बताएका हुन्।  ‘तर हाम्रो एक्लो शक्तिले मात्र नेतृत्व गर्न सम्भव छैन। अरुको सहयोग कहिले प्राप्त हुन्छ, त्यहि दिन हाम्रो सरकार बन्छ, उनले भने।

    उनले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताए । ‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान नहुनु। मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ।’

    उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तार लगायतमा ध्यान दिइरहेको बताएका थिए। फरक प्रसंगमा अध्यक्ष नेपालले गठबन्धन सरकार नभएको भए अमेरिकी स्टेट प्रोग्राम (एसपिपी) पारित हुने बताएका थिए।

     

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप