काठमाडौं, २१ मंसिर । नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन प्रचार कमिटिले छोटो समयमा महाधिवेशनलाई भव्य बनाउन सफल भएको निश्कर्ष निकालेको छ । बिहान बसेको कमिटिको बैठकले चितवनमा हालै सम्पन्न १० औं राष्ट्रिय महाधिवेशन सफल भएको निश्कर्ष निकालेको हो ।
प्रचार विभाग प्रमुख तथा नव निर्वाचित केन्द्रीय सचिव योगेश भट्टराईले १० औं राष्ट्रिय महाधिवेशन प्रचार-प्रसारकालागि प्रत्याप्त समय नभएपनि उल्लेखनिय काम गर्न सफल भएको बताए । उनले महाधिवेशनमा सहभागि हुने प्रतिनिधि र कार्यकर्ताको उत्साहजनक सहभागिले थप चुनौती थपेकाे बताए ।
कमिटिले प्रचार—प्रसारमा सहयोग गर्ने संघ-संस्था र शुभेक्छुकमा धन्यावाद दिएको छ । एमालेले गत १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो ।
