काठमाडौं, २७ असार । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । उनले यस्तो विधेयक ल्याउने काम कसरी भयो र कसले सल्लाह दियो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
विधेयककको सर्वत्र विरोध भएपछि यसबारे ट्वीट गर्दै महामन्त्री शर्माले ओलीको पालामा जे गलत थियो देउवाको पालामा पनि गलत रहेको कुरामा सतप्रतिशत प्रष्ट रहेको बताएका हुन् । संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता हुनुपर्ने पनि उनको भनाइ छ । शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता आवश्यक्ता रहेको पनि उनले बताए ।
