देउवाले एकलौटी निर्णय गरेको भन्दै शेखर पक्षका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन 

देउवाले एकलौटी निर्णय गरेको भन्दै शेखर पक्षका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन 


  • 7.3K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    देउवाले एकलौटी निर्णय गरेको भन्दै शेखर पक्षका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन 

    काठमाडौं, २७ असार। नेपाली कांग्रेस पार्टीका भ्रातृ संगठनहरूमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षधर कार्यकर्ताले सोमबार केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन र नाराबाजी गरेका छन् ।

    images

    नेविसंघका विद्यार्थीहरूले परिवर्तनकारी विधान कार्यान्वयनको माग राख्दै भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता माग गरेका हुन् । प्रदर्शनमा तरुण दलका कार्यकर्ता पनि सहभागी थिए । ‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्दै कार्यकर्ताले केन्द्रीय कार्य समिति बैठकअघि नाराबाजी गरेका हुन् ।

    उनीहरूले बैठकमा सहभागी हुन गएका नेताहरूलाई पनि आफ्ना माग सुनाएका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहरुले माग गरेका हुन् । प्रदर्शनकारी समक्ष पुगेका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रातृ संगठनहरूको कुरा आफूले बैठकमा उठाउने आश्वासन दिए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप