शेखर पक्षका कार्यकर्ताद्वारा देउवा सवार गाडीलाई अवरोध

शेखर पक्षका कार्यकर्ताद्वारा देउवा सवार गाडीलाई अवरोध


  • 17.3K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 26.7K Views

    शेखर पक्षका कार्यकर्ताद्वारा देउवा सवार गाडीलाई अवरोध

    काठमाडौं, २७ असार। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

    images

    सो क्रममा बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा चढेको गाडीमा कांग्रेस कार्यकर्ताले अवरोध पुर्‍याएका छन् । प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीले बल प्रयोग गर्दा ठेलमेलसमेत भएको थियो ।

    पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता मागसहित नेविसंघ, तरुण दललगायतका युवाहरू विरोध प्रदर्शन गरिरहेका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहररूको मुख्य माग छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप