धोबीखोलामा फोहोर फाल्नेलाई महानगरले गर्‍यो २५ हजार जरिवाना, यस्तो कार्य नदोहोर्‍याउन आग्रह

धोबीखोलामा फोहोर फाल्नेलाई महानगरले गर्‍यो २५ हजार जरिवाना, यस्तो कार्य नदोहोर्‍याउन आग्रह


  • 9.9K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    धोबीखोलामा फोहोर फाल्नेलाई महानगरले गर्‍यो २५ हजार जरिवाना, यस्तो कार्य नदोहोर्‍याउन आग्रह

    काठमाडौं, २७ असार । काठमाडौं महानगरले धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना गरेको छ । केहि दिन देखि धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा हुँदैआएपछि त्यसलाई छानविन गरेर नियमअनुसार कारबाही गरिएको महानगरले जनाएको छ । 

    images

    महानगरले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन आग्रह गरेको छ । यस्ता कार्यहरु गरेको खण्डमा सार्वजनिक गरेर महानगरसम्म पुर्‍याइदिन पनि महानगरले सबैमा आग्रह गरेको छ । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्‍याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन महानगरको आग्रह छ । 

    292450688_1749536488724486_7678536162147979912_n.jpg