• ट्रेण्डिङ्ग :
नक्कली बिहे गर्ने हतार गर्दैनौं -ओली 

नक्कली बिहे गर्ने हतार गर्दैनौं -ओली 


  • 5.8K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    नक्कली बिहे गर्ने हतार गर्दैनौं -ओली 

    २७ असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले अध्यक्ष् केपी शर्मा ओलीले वाम गठबन्धनका नाममा नक्कली बिहे गर्ने हतार एमाले नलाग्ने बताएका छन् ।  आज सम्पादकहरुसंग भएको छलफलमा उठेका प्रश्नको जवाफ ददै ओलदीले यस्तो बताएका हुन् । 
     
    एमालेमा वाम गठबन्धन गर्नुपर्ने मत बलियो छ । तर अध्यक्ष ओलीले भने सरकार परिवर्तन गर्न सकिन्छ भनेर मात्र गठबन्धन नगरेको बताएका छन् आफूहरुले ‘जस्तो पनि गठबन्धन, जसरी पनि बनाए हुन्छ’ भन्ने ठानेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी गरेका उनले सत्तामात्र सबथोक नभएको बताए ।

    images

    ओलीले भनेका छन्, ‘एक पटक बिहे हुन्छ, डिभोर्स हुन्छ । अनि फेरि बिहे हुन्छ, फेरि डिभार्स हुन्छ । त्यसका पछाडिको कारण डिभोर्स चाहिँ साचो हुन्छ, बिहे चाहिँ नक्कली हुन्छ । त्यरसकारण साँचो डिभोर्स गर्न नक्कली बिहे गर्ने हतारो एमालेले गर्दैन ।’

    गठबन्धन सरकार कति फलदायी हुन्छ भन्ने अहिलेको सरकारलाई हेरे पुग्ने उनले बताए । लोकप्रिय हुन सकेन भने जनताले राष्ट्रपति कार्यालय घेरेर घोक्राउन सक्ने श्रीलंकामा देखिएको भन्दै ओलीले अघि भने, ‘हामी पायो भने तीन माना चुक खाने अहिलेको सरकार जस्तो होइन । विचार गरेर मात्र चल्छौं ।’

    यद्यपि यो सरकार नचलेको भन्दै उनले यसलाई बोकेर हिँड्नु हानिकारक भएको बताए । एमाले अध्यक्ष ओलीले भने, ‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ । भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन् भने यस्तो गठबन्धन कुनै काम आउन सक्छ रु अस्ति एउटा झरेको देख्नुभयो फत्याक्क गरेर, अरु अंगप्रत्यंग झर्दै जान्छ । भ्रष्टचारी अंग झरेर पीठ बन्छ रु त्यो कुनै पीठ बन्नेवाला छैन, बरु त्यो ठाउँ त रुखो हुन्छ ।’


    तेस्रो आँखा