• ट्रेण्डिङ्ग :
भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ


  • 5.2K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    भरुवा बन्दुकसहित एक जना पक्राउ

    तनहुँ, २८ असार। भरुवा बन्दुकसहित तनहुँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका–५ मोचाबारी निवासी ४० वर्षीय मानबहादुर थापा रहेका छन् । उनले साथमा भरुवा बन्दुक लिइ हिँडिरहेको अवस्थामा सोमबार घिरिङस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

    images

    निजको साथबाट १०० ग्राम बारुद, छर्रा २५ थान र एकनाले भरुवा बन्दुक बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप