• ट्रेण्डिङ्ग :
प्रधानन्यायाधीशको राजीनामा क्यान्सरको उपचारमा कुखुरा मन्साए जस्तो होइन : अध्यक्ष ओली

प्रधानन्यायाधीशको राजीनामा क्यान्सरको उपचारमा कुखुरा मन्साए जस्तो होइन : अध्यक्ष ओली


  • 5.5K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    प्रधानन्यायाधीशको राजीनामा क्यान्सरको उपचारमा कुखुरा मन्साए जस्तो होइन : अध्यक्ष ओली

    काठमाडौं २१ मंसिर । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेको निवास बालकोटमै पुग्यो ।

    images

    बालकोटमा पुगेको बारको टोलीले अध्यक्ष ओलीसँग प्रधानन्यायाधीश जबराको राजीनामाबारे छलफल गरयो । छलफलकै क्रममा बारले संसदमा प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सहयोग गर्न माग गरयो ।

    छलफलको अन्त्यमा वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘हामी आइहाल्यौं, के आश्वसन दिएर पठाउनुहुन्छ’ भनेर प्रश्न गरे । बारले उठाएका माग जायज भए पनि प्रधानन्यायाधीश जबराको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको ढोका नखुल्ने अध्यक्ष ओलीले जवाफ दिए ।

    ओलीले भने- ‘तपाईंहरुका कुरामध्ये थुप्रै जायज छन् । प्रधानन्यायाधीशको राजीनामा हुँदैमा न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’यसैक्रममा अध्यक्ष ओलीले प्रधानन्यायाधीशको राजीनामा ‘क्यान्सरको उपचारमा कुखुरा मन्साए जस्तो’ हुने पनि टिप्पणी गरे ।

    अहिलेको न्यायालय स्वच्छ र निष्पक्ष नभएको पनि ओलीले स्पष्ट जवाफ दिए । साथै, प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सहयोग गर्न भनिएको सन्दर्भमा ओलीले आफूहरू निर्णायक नभएको बताए । ‘हामीसँग दुई तिहाइ छैन, हामी निर्णायक होइनौं । कोही पनि एक्लै निर्णायक हुँदैन,’ ओलीले भने ।

    अध्यक्ष ओलीले अहिलेको कानुन व्यवसायीहरूको आन्दोलन सत प्रतिशत नभई २० प्रतिशतमात्र भएको पनि टिप्पणी गरे । ओलीका अनुसार, सत प्रतिशत आन्दोलन सफल पार्ने तरिकाले अघि बढ्नुपर्छ, २० प्रतिशतले हुँदैन ।

  • सम्बन्धित विषय:

  • # KP Oli

  • तेस्रो आँखा