• ट्रेण्डिङ्ग :
भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन आग्रह


  • 5.6K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन आग्रह

    काठमाडौं, २८ असार। देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    साथै प्रदेश नं १, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जनाइएको छ ।विभागले प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।

    राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # जल तथा माैसम विज्ञान विभाग

  • तेस्रो आँखा
    लेखकबाट थप