• ट्रेण्डिङ्ग :
धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजना पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजना पक्राउ


  • 4.8K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजना पक्राउ

    काठमाडौं, २८ असार । प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका-४ घर भई कागेश्वरी मनोहरा नगरपालिका-५ टीकाथली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍य रहेका छन् ।

    images

    छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका-५ बस्‍ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्‍याएको छ ।

    यस्तै छुरा प्रहार गरेको आरोपमा प्रहरी वृत्त बौद्धले दीपेश शाक्‍य पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप