काठमाडौं, २८ असार। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू त्रिभुवन विश्वविद्यालयसँग १३ बुँदे माग राख्दै आजबाट आमरण अनसनमा बसको छ ।
त्रिभुवन विश्वविद्यालयमा रहेको विकृति विसङ्गति र शैक्षिक अपराधीकरणका विरुद्व अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली सहितका विद्यार्थीहरु आमरण अनसनमा बसेका हुन् ।
एम-फिल र पिएचडीलाई नियमित बनाउन, विद्यार्थीबाट चर्को शुल्क असुल्ने काम बन्द गर्न, स्वतन्त्र विद्यार्थी युनियनको गठन लोकतान्त्रिक माध्यमबाट गर्न, सेमेष्टर प्रणालीलाई व्यवस्थित गर्न उनीहरुले त्रिविसँग माग गरेका छन् ।
त्यस्तै त्रिविको परिक्षा प्रणाली सुधार गर्नुपनर्ने, विकृति र विसङ्गति हटाउनुपर्ने लगायतका मागहरु उनीहरुले राखेका छन् । उनीहरुले यथाशिग्र आफ्ना मागहरुको उचित संबोधन गरी समस्या समाधान गर्न त्रिविलाई ध्यानाकर्षण गराएका छन् । 

