काठमाडाैं,२८ असार । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले आफ्नो मर्यादाक्रमप्रति आपत्ति जनाएका छन् । उनीहरूले आफूलाई आमन्त्रीत केन्द्रीय सदस्यभन्दा तल पारिएको भन्दै आपत्ति जनाएका छन् । सोमबारदेखि बसेको केन्द्रीय समितिको बैठकको पहिलो दिनमै आमन्त्रीत सदस्यको हैसियतमा प्रदेश सभापतिहरुलाई बोल्न राखिएको थियो ।
कांग्रेसले प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखिएको छ । जसमा उनीहरूलाई केन्द्रीय सदस्य भन्दा तल पारिएको छ । यही कारण सात वटै प्रदेशका सभापतिहरू लिखित रूपमा आफ्नो आपत्ति तयार पारेको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए ।
उनले आफूहरूको माग आफूहरूको मर्यादाक्रम केन्द्रीय सभापतिभन्दा मुनी र केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्ने बताएका छन् । सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि आफूहरूले यो कुरा उठाइरहेको बताए । ‘केन्द्रीय सदस्य उठ्नका लागि यस पटक मापदण्ड थिएन । तर प्रदेश सभापतिका हकमा क्रियाशील सदस्य भएको १५ वर्ष राखिएको छ,’ उनले भने, ‘तर मर्यादाक्रममा हामीलाई अपमान गरिएको छ । जसमा ध्यान दिइनुपर्दछ भन्ने हाम्रो माग हो ।’
पार्टीको विधानमै प्रदेश सभापतिहरु आमन्त्रीत केन्द्रीय सदस्य हुने भएकाले केन्द्रीय सदस्यहरु भन्दा प्रदेश सभापतिहरुको मर्यादा क्रम पछि राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यस्ताे छ मर्यादाक्रम :




