नेपाल अमेरिका पत्रकार संघ (नेजा)को साधारणसभाको तयारी अन्तिम चरणमा 

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को साधारणसभाको तयारी अन्तिम चरणमा 


  • 7.9K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    नेपाल अमेरिका पत्रकार संघ (नेजा)को साधारणसभाको तयारी अन्तिम चरणमा 

    सानफ्रान्सिस्को, २९ असार। नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पन्ध्रौं साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । संघको साधारणसभा यही जुलाई २३ र २४ तारिख क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा हुँदैछ । 

    images

    संघ साधारणसभाको तयारीका लागि सानफ्रान्सिस्को शहर आसपास बसोबास गर्ने संघ सम्बद्व नेजाका सदस्यहरु विभिन्न जिम्मेवारी लिएर स्थानीय तहमा व्यवस्थापनको क्षेत्रमा खटिएका छन् । संघका क्षेत्रीय संयोजक (पश्चिम क्षेत्र) एवं साधारणसभाका कन्भेनर शिव नेपालका अनुसार पत्रकार साथीहरुले साधारणसभालाई सफल पार्नका लागि विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेका छन् भने विभिन्न संघ संस्था सम्बद्व व्यक्तिहरुले समेत सहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।  

    कन्भेनर नेपालका अनुसार साधारणसभाको लागि स्थल छनौट, साधारणसभामा सहभागि हुन आउनुहुने सदस्य तथा सदस्यका परिवारका लागि आवास तथा खानाको प्रबन्ध भईसकेको र उद्घाटन सत्रको निम्ति आवश्यक तयारी लगायत साधारणसभासँग सम्बन्धित अन्य कामहरु भइरहेको  छ । संघको कार्यसमितिको बैठकले सदस्य तथा सदस्यका परिवारका लागि जुलाई २३ र २४ का लागि आवास तथा जुलाई २३ को राती र जुलाई २४ को विहान तथा रातीको निम्ति खानाको व्यवस्था नेजाको तर्फबाट गर्ने निर्णय गरेको छ ।

    संघको साधारणसभामा सहभागि हुनुहुने सदस्यहरुका लागि  रजिष्ट्रेशन शुल्क १ सय डलर कायम गरिएको छ भने परिवारसहित साधारणसभामा आउने सदस्यहरुलाई १ सय ५० डलर शुल्क राखिएको छ । सोनेष्टा होटल एण्ड रिसोर्ट इम्रिभिल, अकल्याण्डमा हुने साधारणसभाको उद्घाटन सत्रमा सहभागि हुनका लागि  अतिथिहरुलाई आमन्त्रण समेत गरिसकिएको छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • तेस्रो आँखा
    लेखकबाट थप