कांग्रेस महाधिवेशन : तनहुँबाट हेभिवेट नेताको कुन–कुन पदमा दाबी ?

कांग्रेस महाधिवेशन : तनहुँबाट हेभिवेट नेताको कुन–कुन पदमा दाबी ?


  • 6.6K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    कांग्रेस महाधिवेशन : तनहुँबाट हेभिवेट नेताको कुन–कुन पदमा दाबी ?

    काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति सदस्य चयन गर्ने छ । 

    images

    मंसिर २४ गते शुक्रबारबाट हुने महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यका लागि तनहुँबाट हेभिवेट नेताहरूको उम्मेदवारी घोषणा र दाबी सार्वजनिक भइरहेका छन् । तनहुँबाट प्रतिनिधित्व गर्ने नेताहरू फरक फरक समूहमा छन् । 

    तनहुँबाट प्रतिनिधित्व गर्ने रामचन्द्र पौडेलले सभापतिमा दाबी गरिरहेका छन् । यसका लागि आफ्नो समूहमा सहमति जुटाउने प्रयासमा छन् ।

    प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । गोविन्द भट्टराई र शंकर भण्डारी सहमहामन्त्रीका आकांक्षी हुन् । 

    केन्द्रीय कार्यसमिति सदस्यमा ध्रुव वाग्ले, रामचन्द्र पोख्रेल, प्रकाश पन्थ, डोबाटे विक, दिपक भट्टराई, आनन्द त्रिपाठी, रेशम गुरुङ र  चिनु पोख्रेल आकांक्षीका रूपमा देखिएका छन् । 
     

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा