• ट्रेण्डिङ्ग :
कांग्रेसले करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने(विवरण सहित)

कांग्रेसले करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने(विवरण सहित)


  • 4.4K
    SHARES
    • आषाढ २९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    कांग्रेसले करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने(विवरण सहित)

    काठमाडाैं,२९ असार । नेपाली कांग्रेसले करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने तयारी गरेको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा करिब एक दर्जन भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिन प्रस्ताव पेस गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    images

    पार्टीले मान्यता दिन लागेका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधानलाई अन्तिम रूप दिने कार्यसम्पादन भइसकेको छ । पार्टीका नेता एनपी साउद लगायतले विधानमा काम गरेका छन् । अहिले पार्टीले दुइवटा भातृ संगठन र ९ वटा शुभेच्छुक संस्थाहरू लाई मान्यता दिने तयारी गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।  

    भ्रातृ संस्थाहरू
    नेपाल थारू संघ 
    नेपाल आदिवासी जनजाती महासंघ 

    शुभेच्छुक संस्थाहरू

    नेपाल लोकतान्त्रिक खेलकुद संघ 
    नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ 
    नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ 
    नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ 
    नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ
    नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ 
    नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ
    नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ
    नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघ

     


    तेस्रो आँखा
    लेखकबाट थप