काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ब पनि कांग्रेस सुध्रिएन भने सक्किने बताएका छन् । शंकर तिवारीद्वारा लिखित ‘कसले सुधार्ने कांग्रेस’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता थापाले त्यस्ताे बताएका हुन्र ।
कांग्रेस नसुध्रिए पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने उनकाे धनाइ छ । नेपाली कांग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सक्नुपर्ने उनले बताए ।
त्यस्तै उनले कहिल्यै मत नहालेको मान्छेलाई कांग्रेसी बनाउन सके त्यसै विजयी हुने बताए । थापा भन्छन् 'हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठुलो कुरा हो ।’
उनले कांग्रेसको चौधौँ महाधिवेशनपछि कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई कांग्रेससँग जोड्नुपर्ने समय आएको बताए ।
