कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी

कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी


  • 4.6K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी

    सर्लाही, २१ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा  अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको छ । गोडैता नगरपालिका–५ रामवनमा अधिवेशन भइरहेको छ ।  

    images

    अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन् । करिब ८०० मतदाता छन् । 

    अमरेश र वीरेन्द्र दुवै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् । अमरेश र वीरेन्द्र पक्षबीचकै विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको थिएन । 

    अहिले क्षेत्र नम्बर १ र ४ मा मतदान भइरहेको छ भने ३ मा प्रक्रिया सुरु भएको छ । क्षेत्र नम्बर ३ मा बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ । 

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा