• ट्रेण्डिङ्ग :
एम अधिकारी गभर्नर नभएकाे एमालेको स्पष्टीकरण

एम अधिकारी गभर्नर नभएकाे एमालेको स्पष्टीकरण


  • 4.1K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    एम अधिकारी गभर्नर नभएकाे एमालेको स्पष्टीकरण

    काठमाडौं, ३० असार। नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको छ। 

    images

    कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको बताएका हुन्। सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको उनको दावी छ।

    आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन्। उक्त पत्रको जवाफमा एमालेले  एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको हो।  

    पछिल्लो समय पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागगरिरहेका छन् । उनीहरुले एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एकै रहेको दावी गर्दै छानविनको माग गरेका छन्।


    तेस्रो आँखा
    लेखकबाट थप