• ट्रेण्डिङ्ग :
बनेपाका जोडी पोखरा पुगेर एउटै डोरीमा झुण्डिएको भेटिए 

बनेपाका जोडी पोखरा पुगेर एउटै डोरीमा झुण्डिएको भेटिए 


  • 6.4K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    बनेपाका जोडी पोखरा पुगेर एउटै डोरीमा झुण्डिएको भेटिए 

    पाेखरा,३० असार । कास्कीकाे अन्नपूर्ण गाउँपालिका - ७ स्थित जंगलमा बनेपाकी सुदिना कर्माचार्य र बनेपाकै दिवाकर थापा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीकाअनुसार अन्नपूर्ण गाउँपालिका -७ स्थित पानी खाल्टी गौडा भन्ने स्थानमा उनीहरुको शव भेटिएको हो।

    images

    जंगलमा रहेको अँगेरीको रुखमा हाँगामा एउटै डोरीमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा उनीहरु फेला परेका थिए। प्रहरीकाअनुसार बनेपा नगरपालिका - १ काभ्रे बस्ने २८ बर्षकी सुदिना कर्माचार्य र बनेपा नगरपालीका १० बस्ने ३२ बर्षीय दिवाकर थापा दुवै जना विवाहित हुन्।

    दिवाकरको श्रीमती अध्ययनका लागि अष्टेलियामा छन् भने सुदिनाको श्रीमान बनेपामै छन्। घटनाको प्रारम्भिक अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण दुवै जनाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनास्थलमा दुवै जनाको मोबाइल फोनसमेत फेला नपरेको हुदा मृत्युको कारण के थियो अहिलेसम्म खुलेको छैन।

    उनीहरुको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको र पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएको तिवारीले जानकारी दिए।


    तेस्रो आँखा
    लेखकबाट थप