काठमाडाैं,३० असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापति विधान र पद्धति लत्याएर निरंकुश बन्न खोजे क्षति व्यहाेर्नु पर्ने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता केसीले देशको वर्तमान अवस्था नेपाली काँग्रेसको जिम्मेवारीु दस्तावेज पेस गर्दै उनले पार्टी सभापति सबै दृष्टिकोणले सबल र सक्षम हुनुपर्नेमा त्यो नभएको बताए ।
उनले १४औं महाधिवेशनले नेता मात्रै व्यवस्थापन गरेको बताउँदै नीतिगत छलफल र निर्णय केही पनि गर्न नसकेको जनाएका छन् । महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि नीति महाधिवेशन गर्न नसकेको, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरेर पार्टीलाई पूर्णता दिन नसेकेको उल्लेख गरेका छन् । यस्ता कार्यहरुले पार्टी नेतृत्वको योग्यता पुष्टि हुन नसक्ने बताए ।
नेता केसीले स्थापनीय तहको निर्वाचनमा पार्टी केन्द्रीय सिमितिले स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेलु गर्ने निर्णय लिएपनि लागू नभएको बताए । उनले भनेका छन्, केन्द्रीय समितिको यही निर्णय विपरीत हस्तक्षेप हुनु पार्टी विधानको बर्खिलाप हो । देशको परिस्थिति र कांग्रेसमा बढेर आएको जिम्मेवारीले हामीलाई एक मिनेट पनि गैरजिम्मेवारी देखाउने छुट छैन ।
