नागरिकता विधेयकलाई राज्य व्यवस्था समितिमा नपठाई सिधै पास गरौं: लक्ष्मणलाल कर्ण 

नागरिकता विधेयकलाई राज्य व्यवस्था समितिमा नपठाई सिधै पास गरौं: लक्ष्मणलाल कर्ण 


  • 6.5K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    नागरिकता विधेयकलाई राज्य व्यवस्था समितिमा नपठाई सिधै पास गरौं: लक्ष्मणलाल कर्ण 

    काठमाडौं, ३० असार। लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकलाई संसदीय समितिमा दफवार छलफलमा नपठाउने प्रस्ताव गरेका छन् ।

    images

    विगतमा साढे दुई वर्षसम्म राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक अल्झिएको स्मरण गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । सरकारले ल्याएको नयाँ नागरिकता विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल जारी छ ।

    छलफलमा भाग लिँदै सांसद कर्णले भने, ‘यसलाई फेरि समितिमा लैजाने होइन । मान्छेलाई रुवाउने रु फेरि ३ बर्ष अल्झाउने ? यसमा फेरि छलफल गर्ने रोक्ने यो मानवता विारेधी हुन्छ । यसकारण यसलाई यहीँ (प्रतिनिधिसभाबार्ट सिधै) पास गरौं ।’

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • तेस्रो आँखा
    लेखकबाट थप