तेस्रो आँखा विशेष
पार्टीमा एउटा अब्बल नेतृत्वको आवश्यकता छः नेता जीवन परियार

पार्टीमा एउटा अब्बल नेतृत्वको आवश्यकता छः नेता जीवन परियार


  • 12.7K
    SHARES
    • मंसिर २१, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 19.5K Views

    पार्टीमा एउटा अब्बल नेतृत्वको आवश्यकता छः नेता जीवन परियार

    काठमाडौँ, २१ मंसिर । नेपाली दलित समुदायको आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य जीवन परियारले आसन्न १४ औँ महाधिवेशनमा सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे । काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै नेता परियारले दलित समुदायको प्रतिनिधित्व हुनेगरी समावेशीमा आफ्नो उम्मेदवारी हुने घोषणा गरे । 

    images

    दुई कार्यकताल केन्द्रीय सदस्य भइसकेका नेता परियार पार्टीमा शसक्त योद्धाका रुपमा उभिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह, डा. शेखर कोइराला, कोषाअध्यक्ष सीतादेवि यावदलाई आफ्नो नेता मान्ने परियार २०५४ सालदेखि विद्यार्थी राजनीतिबाट कांग्रेसमा अघि बढेका थिए । 

    कास्कीको पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत रहँदा नै पार्टीको राजनीतिमा सशक्तरूपमा अघिबढेका परियारले राजनीतिमा लाग्दा धेरै संघर्ष गरेका छन् । पार्टीमा कांग्रेस इतर पक्षमा विश्वासिला नेताका रूपमा रहेका परियारले कांग्रेसको क्रियाशील सदस्यता छानविनमा महत्वपूर्ण योगदान गरेका छन्  ।

    सहमहामन्त्रीमा उम्मेदवारी दिंदै गर्दा गुटगत राजनीतिलाई अत्य गर्नु पर्ने धारणा राख्ने परियारले आफ्नो एजेण्डा पनि त्यसै अनुरुप राख्ने गरेका छन् । कांग्रेसको विधानले एक जना सहमहामन्त्री दलित समुदायबाट आउने व्यवस्था गरेकाले उनले त्यो पदमा दाबी गरेको तर्क गरे । 


    जीवन परियार,
    कांग्रेस केन्द्रीय सदस्य जीवन परियार कास्की जिल्ला क्षेत्र नम्बर- १, साविकको थुम्की गाविस वडा नम्बर ३ मा जन्मिएका सामान्य परिवारका सदस्य हुन् । हाल रूपा गाउँपालिका वडा नं. १ मा बस्दै आएका परियार विद्यार्थी अवस्थादेखि नै मेहनत र परिश्रममा सफलता देख्ने गर्थे । दलित समुदायबाट आएको भएर पनि होला उनी विद्यार्थी कालमा भिन्न स्वभावका थिए । सामान्य परिवारका परियारले गाउँकै स्कुलमा माविसम्मको अध्ययन पूरा गरे । 

    उनले २०४८ सालमा एएलसी पास गरेसँगै उनले उच्च शिक्षा अध्ययन गर्न शहर पस्नुपर्ने वाध्यता थियो । वि.सं. २०५४ सालमा पृथ्वीनारायण क्याम्पसमा उच्च शिक्षा अध्ययनसँगै राजनीतिक यात्रा औपचारिकरूपमा अघि बढाए । विद्यार्थी जीवनदेखि नै सक्रिया राजनीतिमा लागेका परियार संविधानसभा सदस्य बने ।

    त्यो सँगै राष्ट्रिय दलित आयोगको सदस्य सचिव, पार्टीका भातृसंगको लिडर हुदै पार्टीको सांगठनिक संरचनालाई पनि बलियो बनाउने एउटा खम्बाको रुपमा रहेका छन् । राजनीतिक र समाजशात्रमा स्नाकोत्तर गरेका उनले कानुनमा स्नातक गरेका छन् । उनि कानुनी अभिवक्ता पनि हुन । 

    राजनीतिक यात्रा
    वि.स. २०५४ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध उनी २०५५ सालमा कास्की जिल्लामै पहिलो पटक नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघमा आबद्ध भए । परियार कास्की जिल्लाको संस्थापक सचिवहुँदै नेपाल दलित संघको केन्द्रीय सचिव र दुई कार्यकाल महासचिव र १२औँ महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए ।

    २०६२ सालमा महाअधिवेशन प्रतिनिधि जिते । नेपाल राष्ट्रिय दलित आयोगको सदस्य-सचिवहुँदै नेपालको दलित आन्दोलनमा अग्रस्थानमा आउने नामा बनाए ।

    उनी नेपालको दलित मुक्ति, आन्दोलनदेखि २०६२-२०६३ को जन-आन्दोलनमा सशक्तरूपमा प्रस्तुत भएका एक पात्र हुन् । परियारले जातीय विभेदको सिकार भएका रुकुम घटनाका ६ जना युवाको न्यायका लागि सडक आन्दोलनको नेतृत्व पनि गरे ।

    शिक्षामा उनले कानुनमा स्नाकोत्तर गरेका छन् । राजनीतिक क्षेत्रमा अब्बल मानिने उनी लोकप्रिय नेतामा गनिन्छन् ।  

    अबको कांग्रेस 
    कांग्रेसभित्रको गुटगत राजनीतिको सिकार सोझा कार्यकर्ता भएको महशुस गर्ने नेता परियार समग्र नेपाली कांग्रेसको हितका लागि आफ्नो उम्मेदवारी ठान्छन् । दलित समुदायका लागि काम गर्ने र पार्टीको सिद्धान्त राष्ट्रियता ,लोकतन्त्र, समाजवाद, प्रजातान्त्रिक विचार र सम्पूर्ण समुदायलाई समेट्ने गरी अघि बढ्न चाहन्छन्  । 

    सामाजिक रूपान्तरणको बिगुल फुक्ने उद्देश्यका साथ अघि बढ्ने उनको भनाइ छ । उनले भने- 'अहिले समाज र जनताले चाहेको सामाजिक सद्भाव र न्याय हो ।'

    तल्लोस्तरमा भएका मानिसलाई कसरी माथि उठाउने भन्ने तत्काल योजना बनाएर अगाडि बढने उनको योजना रहेको छ । 

    पार्टीको बलियो खम्बाको रूपमा रहेका भातृसंस्था र शुभेच्छुक संस्थालाई चलायमान बनाउन योजना अघि बढाउने उनको उद्देश्य रहेको छ । सहमहामन्त्री पदमा निर्वाचन भए नेतृत्व तहमा आउन सक्ने आकलन गरेका उनी कार्यकर्ता बलियो भएमात्रै नेता बलियो हुने विश्वास राख्छन् । पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्दै असल नेतृत्वका लागि पहल गर्न कांग्रेस नेता कार्यकर्तामा उनको आग्रह छ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा