• ट्रेण्डिङ्ग :
उपसभामुखमा लोसपाले कांग्रेसकी भुसाललाई सर्मथन गर्ने

उपसभामुखमा लोसपाले कांग्रेसकी भुसाललाई सर्मथन गर्ने


  • 5.1K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    उपसभामुखमा लोसपाले कांग्रेसकी भुसाललाई सर्मथन गर्ने

    काठमाडौं, ३१ असार। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ ।

    images

    सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल छिन् भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।आफूहरु सत्ता गठबन्धनमा भएकाले नपाली कांग्रेसका उम्मेदवारलाई नै सर्मथन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। यद्यपि त्यसबारे औपचारिक निर्णय आजै दुई बजेपछि बस्ने संसदीय दलले गर्ने उनको भनाइ छ ।

    आजै तीन बजे संसद बैठकबाट उपसभामुख चयन हुने कार्यतालिका छ । नेकपा एमालेले लोसपाले उम्मदेवारी दिए सर्मथन गर्ने बताएको भए पनि लोसपाले उम्मेदवारी नदिएपछि एमालेले आफ्नो उम्मेदवार उठाएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप