• ट्रेण्डिङ्ग :
गभर्नर अधिकारीको राजीनामाको माग गर्दै सत्तारुढ दलका विद्यार्थी सङ्गठनहरूले बालुवाटार घेराउ गर्ने

गभर्नर अधिकारीको राजीनामाको माग गर्दै सत्तारुढ दलका विद्यार्थी सङ्गठनहरूले बालुवाटार घेराउ गर्ने


  • 6.0K
    SHARES
    • श्रावण १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    गभर्नर अधिकारीको राजीनामाको माग गर्दै सत्तारुढ दलका  विद्यार्थी सङ्गठनहरूले बालुवाटार  घेराउ  गर्ने

    काठमाडाैं,१ साउन ।  सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।  दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा  प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी) ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।

    images

    आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटमा  जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने  कार्यक्रम रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए । विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल९क्रान्तिकारी०की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीले बताए ।

    गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र  गभर्नर हुनसक्ने  प्रावधानु विपरीत भएको खुल्न आएको भएको भन्दै  युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन्  । सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिवार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप