काठमाडाैं,१ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । सरकारको काम कारबाही र पार्टीभित्र विधान अनुसार गर्नुपर्ने कामको विषयलाई लिएर उनीहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आलोचना गरेका हुन् ।
आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका थिए । आफू लोकप्रिय हुन पार्टीको अनावश्यक आलोचना गरेको, सञ्चार माध्यममा समाचार बन्ने प्रयास मात्र गरेको, सभापतिलाई असहयोग गरेको भन्दै उनीहरुको आलोचना भएको थियो ।
महामन्त्रीद्वय थापा र शर्माले शनिबारको बैठकमा त्यसको जवाफ दिएका छन् । महामन्त्री शर्माले सच्याउनु पर्ने कामहरूमा समेत नृतृत्वकाे गलतकामकाे प्रसंशा गर्न नहुने बताए । नेतृत्वकाे आलाेचनाका नाममा लाठी लिएर लखेट्ने हैन तर खराव काम भएर त्यसलाइ सच्याउन लाग्नु पर्ने भन्दै जे गरेपनि नजिक हुने नाममा वा चाकडी गर्ने नाममा नेतृत्वकाे भजन गाउन नसकिने र नहुँने उनले बताए ।
