• ट्रेण्डिङ्ग :
विश्व व्यवस्थामा आएको परिवर्तनको विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्छ : महामन्त्री थापा

विश्व व्यवस्थामा आएको परिवर्तनको विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्छ : महामन्त्री थापा


  • 4.3K
    SHARES
    • श्रावण १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    विश्व व्यवस्थामा आएको परिवर्तनको विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्छ : महामन्त्री थापा

    काठमाडाैं,१ साउन ।  नेपाली कांग्रेस महामन्त्री गगन थापाले शीतयुद्धपछिको विश्व व्यवस्थामा चुनौती उत्पन्न भएको र त्यसको केन्द्र नेपालका छिमेकी देशहरु, दक्षिण एशिया र एशिया प्रशान्त क्षेत्र रहेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा शनिबार अन्तर्राष्ट्रिय सम्बन्धमा लिखित धारणा राख्दै महामन्त्री थापाले विश्व व्यवस्थामा आएको परिवर्तनको विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनु पर्ने बताएका छन् । 

    images

    अन्तर्राष्ट्रिय राजनीति यतिखेर महत्वपूर्ण परिवर्तनबाट गुज्रिँदै छ । ठूला शक्ति राष्ट्रहरुको संघर्षले शीतयुद्धपश्चात् निर्मित यथास्थितिको विश्व व्यवस्थालाई चुनौती दिएको छ । यस्तो परिवर्तनको केन्द्रमा हाम्रो छिमेकी राष्ट्र, हामी अवस्थित दक्षिण एसिया तथा एसिया-प्रशान्त क्षेत्र रहेको छु थापाको प्रस्तावमा भनिएको छ, यस प्रकारको संवदेनशील र महत्वपूर्ण भू-राजनीतिक परिवेशमा हामीले सुझबुझपूर्ण ढंगबाट आफू अनुकूल फाइदा लिनु पर्नेमा, हामी कहिलेकाहीँ बरालिन पुग्छौं । यस्तो हुँदा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय विश्वास झन् कमजोर हुन पुग्छ।

    उनले नेपालले सुझबुझपूर्ण कदम चाल्नुपर्नेमा नेतृत्व बरालिन पुगेको बताएका छन् । उनले यस्तो कार्यले अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय विश्वासलाई झन कमजोर हुन पुग्ने बताएका छन् । लिखित प्रस्तावमा थापाले परराष्ट्र नीतिको सम्बन्धमा राजनीतिक दलहरुको साझा धारणा नहुँदा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)  वा बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ्स) को ध्रुविकरण र एसपीपी ९स्ट्रेट ०को विषयमा अलमल देखिएको बताएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप