अनेरास्ववियुकाे ध्यानाकर्षण पत्र: त्रिविमा देखिएको विकृति र लापरवाही रोक्ने लगायतका १० बुँदे माग

अनेरास्ववियुकाे ध्यानाकर्षण पत्र: त्रिविमा देखिएको विकृति र लापरवाही रोक्ने लगायतका १० बुँदे माग


  • 7.4K
    SHARES
    • श्रावण २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    अनेरास्ववियुकाे ध्यानाकर्षण पत्र: त्रिविमा देखिएको विकृति र लापरवाही रोक्ने लगायतका १० बुँदे माग

    काठमाडाैं, २ साउन। अनेरास्ववियुले त्रिविमा देखिएको विकृति र लापरवाहीलाई रोक्न १० बुँदे माग राख्दै उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रजिस्ट्रारको कार्यालय, प्राज्ञिक परिषद्को कार्यालय र परीक्षा नियन्त्रण कार्यालय आदिलाई ध्यानाकर्षण गराएको छ ।

    images

    अनेरास्ववियुले प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरवाहीलाई रोक्न, विज्ञलाई जवाफदेही बनाउने गरी प्रणालीगत सुधार गर्न तथा प्रश्न बैँकलाई वैज्ञानिक बनाउन माग गरेको छ । त्यस्तै जिल्लाभित्रको परीक्षा केन्द्र सम्बन्धित जिल्लाभित्रै परीक्षा सञ्चालन गर्ने गरी व्यवस्था गर्न, सबै तहका परीक्षाको परीक्षाफल ४५ दिन भित्रमा प्रकाशित गर्न, प्रक्रिया पूरा भएका विद्यार्थीहरूको प्रमाणपत्र २४ घण्टाभित्र दिने व्यवस्था गर्न माग गरेका छ ।

    २४ सै घण्टा विद्यार्थीका गुनासा र समस्या सुन्न र सम्बोधन गर्न १५ दिनभित्र हटलाईन सेवाको व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुले यी मागहरु कार्यान्वयनका लागि भएको भन्दै गम्भीरतापूर्वक पूरा गर्न माग गरेको छ । अनेरास्ववियुले यी मागहरु वेवास्ता गरी गैरजिम्मेवार बनेमा अनेरास्ववियुले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने कुराको चेतावनी  चेतावनी पनि दिएको छ । 

    292604899_3338828249708685_3825164335708360305_n.jpg294136658_586601406182932_9069171032352864926_n.jpg

     

  • सम्बन्धित विषय:

  • # एमाले
  • # सुनिता बराल

  • तेस्रो आँखा
    लेखकबाट थप