सांसद अमरेश सिंह महाधिवेशन प्रतिनिधि भारी मतान्तरले पराजित

सांसद अमरेश सिंह महाधिवेशन प्रतिनिधि भारी मतान्तरले पराजित


  • 6.4K
    SHARES
    • मंसिर २२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    सांसद अमरेश सिंह महाधिवेशन प्रतिनिधि भारी मतान्तरले पराजित

    सर्लाही  २२ मंसिर। सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् ।

    images

    २४८ मत पाएका अमरेश भने पराजित भएका छन् । यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

    त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन् । प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन् ।

    अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि अधिवेशन हुन सकेको थिएन । 

    सर्लाही १ र ४ मा मंगलबार सम्पन्न भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ ।

  • सम्बन्धित विषय:

  • # सांसद अमरेश सिंह

  • तेस्रो आँखा