• ट्रेण्डिङ्ग :
काङ्ग्रेसको अत्याचारी शाशन अझै बाँकी छ : भट्टराई 

काङ्ग्रेसको अत्याचारी शाशन अझै बाँकी छ : भट्टराई 


  • 6.3K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    काङ्ग्रेसको अत्याचारी शाशन अझै बाँकी छ :  भट्टराई 

    काठमाडाैं,३ साउन । नेकपा एमालेका सचीव योगेश भट्टराईले काङ्ग्रेसको अत्याचारी शाशन अझै आइनसकेको बताएका छन् । काठमाडौंमा आयोजित राष्ट्रको समृद्धि लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    images

    काङ्ग्रेसको अत्याचारी शाशन अझै आउन बाकी रहेको उनको भनाइ छ। ४७र४८ सालमा जस्तो अत्याचार अझै आइनसकेको उनले प्रष्ट पारे ।  कम्युनिस्टहरु अब एकै ठाउमा आउनुको विकल्प नभएको पनि उनले बताए । काङ्ग्रेसको काधमा चढेर सहि बाटोमा नपुगीने उनको भनाइ छ । कम्युनिस्टहरु एक भएर राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उनले प्रष्ट पारे ।


    उनले राजनीतिक प्रणालीको हिसाबले नेपालको भन्दा उच्चतम प्रणाली नहुने र व्यवस्था बदल्ने क्रान्ति नभएर अवस्था बदल्ने क्रान्तिमा जानुपर्ने आवश्यकता रहेको बताए । अबको आफूहरुको जोड शैक्षिक सुधार रहेको पनि उनले स्पष्ट पारे । सत्तामा बस्नेहरूको ध्यान छिटो परिणाम दिनेमा भएको कारणले गर्दा पनि सोचेजस्तो परिवर्तन नेपालमा आउन नसकेको उनको भनाइ छ । हाम्रो शिक्षाले नेपालीलाई समृद्ध बनाउनुको साथै खुशी बनाउने बहस गर्नु आवश्यक रहेको पनि उनले प्रष्ट पारे ।

    बाजेको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्नेमा ११ प्रतिशत मात्र लगानी भएको र त्यो अधिकांश लगानी शिक्षकमा जाने उनले बताए । यसले गर्दा नेपालको शिक्षामा गुणस्तर कम भएको उनको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप