काठमाडौं, ३ साउन। नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामदिप आचार्यले अनेरास्ववियुलाई तीन वर्ष संगै हुँदा कहिल्यै अन्तरक्रिया कार्यक्रममा किन नबोलाएको भन्दै प्रश्न गरेका छन् ।
काठमाडौंमा आयोजित राष्ट्रको समृद्धि लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा उनले अनेरास्ववियुलाई यस्तो प्रश्न गरेका हुन् । आज पर्यटन बोर्डमा अनेरास्ववियुले राष्ट्रको समृद्धि लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सोहि कार्यक्रममा नेता आचार्यले नेकपामा संगै हुँदा यसरी सबै जना बसेर अन्तरक्रिया गर्न नपाएको गुनासो गरे ।
उनले नेपालमा भएका बहस परम्परागत बहस भएको भन्दै विश्व कहाँ जादै छ त्यो हेरेर बहस गर्नुपर्नेमा जोड दिए । सबै राजनीतिक तथा सामाजिक संगठनमा विज्ञान प्रविधिको बहस हुनुपर्ने उनको भनाइ छ । संगठन जिवित राख्ने हो भने विज्ञान प्रविधिको विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । देश धनी भएर सबै जनताको जीवनस्तर सुधार नहुने भन्दै त्यही अनुसारको बहसको आवश्यकता रहेको उनले प्रष्ट पारे ।
