समाचारपत्र र हिमालयन टिभीमाथि कारबाहीको माग गर्दै मेयर शाहले प्रेस काउन्सिलमा उजुरी दिए

समाचारपत्र र हिमालयन टिभीमाथि कारबाहीको माग गर्दै मेयर शाहले प्रेस काउन्सिलमा उजुरी दिए


  • 7.5K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    समाचारपत्र र हिमालयन टिभीमाथि कारबाहीको माग गर्दै मेयर शाहले प्रेस काउन्सिलमा उजुरी दिए

    काठमाडौं, ३ साउन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमाथि कारवाही माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

    images

    ती सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको उनको आरोप छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ रुटिन अफ नेपाल बन्द नामको फेसबुक पेजलाई छुट्याएको समाचार समाचारपत्र र हिमालयन टिभीले प्रकाशनरप्रशारण गरेका थिए ।

    साहले ती समाचारबाट भ्रम उत्पन्न हुनुका साथै व्यक्तिगत र संस्थागन गरिमामा आँच पुगेको बताएका छन् । ‘अमूक संस्थालाई बजेट बिनियोजित गरेको समाचार प्रकाशन तथा प्रशारण गरी पत्रकार आचार संहिता २०७३ को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम दुवै सञ्चारगृहलाई क्षतिपूर्ति सहितको कारवाहीको माग गर्दछु,’ उजुरीमा साहले लेखेका छन् । 

    ba.jpgbbb.PNG

  • सम्बन्धित विषय:

  • # बालेन शाह

  • तेस्रो आँखा
    लेखकबाट थप