• ट्रेण्डिङ्ग :
गभर्नर अधिकारीको राजीनामा माग गर्दै तीन विद्यार्थी संगठनद्वारा राष्ट्र बैंक अगाडि कालो ब्यानर

गभर्नर अधिकारीको राजीनामा माग गर्दै तीन विद्यार्थी संगठनद्वारा राष्ट्र बैंक अगाडि कालो ब्यानर


  • 7.0K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    गभर्नर अधिकारीको राजीनामा माग गर्दै तीन विद्यार्थी संगठनद्वारा राष्ट्र बैंक अगाडि कालो ब्यानर

    काठमाडाैं, ४ साउन । तीन विद्यार्थी संगठनले गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग गर्दै नेपाल नेपाल राष्ट्र बैंक अगाडि कालो ब्यानर टाँसेका छन् । 

    images

    गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले आज बिहान बालुवाटार पुगेर बैंकको कार्यालय अगाडि कालो ब्यानर टाँसेका हुन् । उनीहरुले ब्यानर टाँसेको केहि समयमा नै प्रहरीले त्यस ब्यानरलाई हटाएको थियो । यसअघि आइतबार अखिल  क्रान्तिकारी र नेविसंघले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो ।

    293924592_449923826731052_1761231724256397085_n.jpg

    गभर्नरलाई बर्खास्त गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन संगठनले आजदेखि चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले ५ दिनको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको दाबी गर्दै ती संगठनले बर्खास्तीको माग गरेका छन् ।

    आन्दोलनका कार्यक्रमहरूमा प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने, राष्ट्र बैंकका कार्यालयमा कालो ब्यानर राख्ने, प्रज्ञा भवनमा कार्टुन प्रदर्शन गर्ने, देशभरका क्याम्पसमा विरोध गर्ने र सदनबाट गभर्नर बर्खास्तीको मागका लागि सांसदलाई दबाब दिनेसम्मका छन् । 

    294117444_3957978124426727_1159150013725544775_n.jpg293786685_1231164227645215_6389497898756245440_n.jpg294490777_1098315171090779_2645937868640512088_n.jpg294375758_1701693303550782_3786709869973076318_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप