देउवाद्वारा कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त

देउवाद्वारा कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त


  • 7.6K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    देउवाद्वारा कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त

    काठमाडौं, ४ साउन। नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

    images

    बुधबार सभापति देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।

    यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको रुपमा रहेकी थिइन् भने विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुन् ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप