• ट्रेण्डिङ्ग :
परीक्षा दिन पुगेका छात्राहरुमाथि अनुचित व्यवहार भएको भन्दै विद्यार्थीद्वारा हेटौंडा क्याम्पस तोडफोड

परीक्षा दिन पुगेका छात्राहरुमाथि अनुचित व्यवहार भएको भन्दै विद्यार्थीद्वारा हेटौंडा क्याम्पस तोडफोड


  • 7.6K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    परीक्षा दिन पुगेका छात्राहरुमाथि अनुचित व्यवहार भएको भन्दै विद्यार्थीद्वारा हेटौंडा क्याम्पस तोडफोड

    काठमाडौं, ४ साउन। मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन्।मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ मा रहेको हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुईजना छात्रामाथि ‘अनुचित व्यवहार’ भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले आज बिहानैबाट नाराबाजी गर्नुका साथै क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।

    images

    मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए । ‘चिट लुकाएको’ भन्दै भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ । उनीहरुले घटना सार्वजनिक गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् ।

    पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् । यस घटनालाई लिएर मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न उनीहरूको माग छ ।

  • सम्बन्धित विषय:

  • # हेटौंडा

  • तेस्रो आँखा
    लेखकबाट थप