आफू नेतृत्वको सरकारका पालामा देशले विकास र समृद्धिको लय समातेको ओलीको दाबी

आफू नेतृत्वको सरकारका पालामा देशले विकास र समृद्धिको लय समातेको ओलीको दाबी


  • 7.4K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    आफू नेतृत्वको सरकारका पालामा देशले विकास र समृद्धिको लय समातेको ओलीको दाबी

    काठमाडौं, ४ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारका पालामा देशले विकास समृद्धिको लय समातेको दाबी गरेका छन् । 

    images

    वागमती प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा बोल्दै उनले आफू नेतृत्वको सरकारका पालामा देशले विकास, समृद्धि र लोकतान्त्रिक अभ्यासको लय समातेको बताएका हुन् । ओलीले भने, ‘देशले राष्ट्रिय, अन्तर्राष्टिय सफलता हासिल गर्दै एउटा लयका साथ अगाडि बढेको थियो । त्यो लयलाई फेरि प्राप्त गर्न नेकपा एमालेको सरकार निर्माण गर्नुपर्छ । यो उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढौं ।’

    उनले आगामी चुनावपछि एमालेको सरकार निर्माण गर्ने उद्देश्यका साथ कार्यक्षेत्रमा जुट्न पार्टीपंतिलाई निर्देशन दिएका छन् । नेकपा एमालेको सरकारले मात्रै देशको राष्ट्रियतालाई जगेर्ना गर्दै जनतालाई सुशासन दिन सक्ने उनले दाबी गरे ।  उनले अहिलेको सरकारले उत्पन्न गरेको दुरावस्थाबाट जनतालाई मुक्ति दिनु आवश्यक रहेको बताए । ‘श्रीमती अघि सार्ने, सालो अघि सार्ने र पार्टीका नाममा केही व्यक्तिले लुट मच्चाउने काम गरिरहेका छन् । यो अवस्थाबाट मुक्ति दिन जरुरी छ,’ ओलीले भने ।

    अहिलेको सरकारका खराब कामहरूविरुद्ध संघर्ष गर्दै चुनावी तयारी गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । ‘अब मंसिरमा चुनाव गर्नबाट तलमाथि हुन दिनु हुँदैन । योबीचमा यो सरकारले दैनन्दिन गरेका भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्नेछ । राष्ट्रियता, लोकतन्त्र, विकास र सुशासनका प्रश्नलाई हल गर्दै बाह्य सम्बन्धलाई पनि सन्तुलत र उपयुक्तरूपमा अगाडि बढाउन लागि एमालेको सरकार गठन गर्न सक्नुपर्छ । यी सामान्य उद्देश्य छैनन् । यी उद्देश्य प्राप्त गर्नेगरी हामी अगाडि बढ्नुपर्ने छ । नेकपा एमालेको सरकार गठन गर्नुपर्नेछ ।’ ओलीले स्थानीय चुनावमा आफ्नै कारणले सोचेजस्तो परिणाम नआएको भन्दै आगामी चुनावमा त्यो अवस्था दोहोर्‍याउन नहुने बताए ।

    CKK_KTM-0113.jpg

  • सम्बन्धित विषय:

  • # एमाले
  • # केपी शर्मा ओली

  • तेस्रो आँखा
    लेखकबाट थप