• ट्रेण्डिङ्ग :
अपहेलनामा परेका ज्येष्ठ नागरिकको जिम्मा स्थानीय सरकारले लिनुपर्छ -मन्त्री रेग्मी

अपहेलनामा परेका ज्येष्ठ नागरिकको जिम्मा स्थानीय सरकारले लिनुपर्छ -मन्त्री रेग्मी


  • 7.1K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    अपहेलनामा परेका ज्येष्ठ नागरिकको जिम्मा स्थानीय सरकारले लिनुपर्छ -मन्त्री रेग्मी

    काठमाडाैं,४ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन् ।

    images

    बुधबार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन)  विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उहाँले ज्येष्ठ नागरिकलाई हेर्ने जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् । 

    जनताको घरदैलोमा हुने स्थानीय सरकारले छोराछोरीबाट अपहेलित ज्येष्ठ नारिकलाई हेर्नुपर्ने उनको भनाइछ । मन्त्री रेग्मीले स्थानीय सरकारले हेरेका ज्येष्ठ नागरिकहरुको सम्पती पनि स्थानीय सरकारले परिचालन गर्न पाउने व्यवस्था विधेयकमार्फत गरिएको जानकारी दिइन् ।

     विधेयकमा ज्येष्ठ नागरिक इजलास गठन गर्न सकिने व्यवस्था गरिएको पनि रेग्मीले उल्लेख गरिन। ज्येष्ठ नागरिकलाई कसैले दुव्र्यवहार गर्न नपाउने  भन्ने किसिमको व्यवस्था गरिएको उनको भनाइ छ । 


    तेस्रो आँखा
    लेखकबाट थप